Saturday, February 22, 2020
Home > Uncategorized > ‘रहस्यमय’ बन्यो अफगानिस्तान विमान दु र्घटना

‘रहस्यमय’ बन्यो अफगानिस्तान विमान दु र्घटना

माघ १४, काठमाण्डौ – अफगानिस्तानको एरियाना एअरलाइन्सले आफ्नो कुनै पनि विमान दु र्घ टना ग्र स्त नभएको बताएको छ ।एअरलाइन्सको यो बयानपछि अफगानिस्तानमा सोमबार भएको भनिएको कथित विमान दु र्घ ट ना का बारेमा प्रश्न उठेको छ– त्यो विमान कसको थियो पूर्वी अफगानिस्तानको गजनी प्रान्तको देह याक जिल्लामा यात्रु बोकेको विमान दु र्घ ट नाग्र स्त भएको समाचार प्राप्त भएको थियो । समाचार अनलाइनहरूमा छ ।

सम्बन्धित समाचार

अफगानिस्तानमा विमान दु र्घटना विमान दु र्घटना भएको भनिएको क्षेत्रलाई आतङ्कवादी सङ्गठन तालिवानको गढ मानिन्छ । स्थानीय अधिकारीहरुले पहिले यात्री विमान एरियाना एअरलाइन्सको भएको बताएका थिए । तर एअरलाइन्सले यो भनाइलाई अस्वीकार गर्दै त्यस समय आफ्ना दुई वटा विमान उडिरहेका र दुइटै विमान सुरक्षित रहेको बताएको थियो । यता दु र्घटना भनिएका जहाज भने उसैकाे दावी गरिएकाे थियो ।

एरियाना एअरलाइन्सका मुख्य कार्यकारी अधिकृत मीरवाइज मीरजेकवालले यसका बारेमा सञ्चारमाध्यमलाई बताएका छन् ।अफगानिस्तानको विमान विभागले पनि कुनै पनि यात्री विमान दु र्घटना नभएको जनाएको छ ।तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, ‘हाम्रो समूहको कुनै पनि विमान दु र्घटना भएको खबर प्राप्त भएको छैन ।’ त्यसैले यो हुनै सक्दैन ।

गजनी प्रान्तका प्रहरी कमाण्डर अहमद खालिद वारदकले कोही पनि मारिएको बारेमा सूचना प्राप्त नभएको बताए ।इरानी सरकारी सञ्चारमाध्यमले एक फुटेज देखाएको छ, जसमा एउटा विमान जलिरहेको देखाइएको छ ।सरकारी सञ्चारमाध्यमहरुले त्यो विमान अमेरिकी एअर फोर्सको हुन सक्ने बताएका छन् । यद्यपि यो दाबीको पुष्टि भैसकेको छैन ।

अमेरिकी सैनिकले पनि आफ्नो विमान पूर्वी अफगानिस्तानमा सोमबार दुर्घटनाग्रस्त भएको जनाएको छ । विमानमा कति जना सवार थिए भन्ने बारेमा पनि थाहा भैसकेको छैन । यस्काे थप जानकारीका लागि अमेरिकी सैनिकहरूले थप अनुसन्धान गर्ने बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!