Tuesday, January 28, 2020
Home > समाचार > भर्खरै लमजुङको पाउँदीमा बस खस्याे, एक जनाको दुःखद निधन

भर्खरै लमजुङको पाउँदीमा बस खस्याे, एक जनाको दुःखद निधन

लमजुङ । यहाँको सुन्दरबजार नगरपालिका- ७ स्थित पाउँदीमा बस दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । लमजुङ बेँसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवहाक बस आज बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट झण्डै १ सय २० मिटर पाउँदी खोलामा खसेको थियो । दुर्घटनामा घाइते महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख छवबहादुर घर्तीका अनुसार बस दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, एक जनालाई आम्बुखैरेनी र एक जनालाई कर्मदा हस्पिटल सुन्दरबजार पठाइएको छ ।


यो समाचार न्यूज२४नेपालमा प्रकाशित छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!