Tuesday, January 28, 2020
Home > समाचार > छोरा जन्मिएको खुशीमा घर फर्किँदै गर्दा बाटोमै ट्रकले दियो ठक्कर, नवजात शिशुको मृ त्यु, सुत्केरी गम्भीर घाइते

छोरा जन्मिएको खुशीमा घर फर्किँदै गर्दा बाटोमै ट्रकले दियो ठक्कर, नवजात शिशुको मृ त्यु, सुत्केरी गम्भीर घाइते

बाँके। ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा बाँकेमा एम्बुलेन्स चालक र नवजात शिशुको मृत्यु भएको छ।बाँकेबाट दाङतर्फ गइरहेको १ ज १६१ नम्बरको एम्बुलेन्सलाई ना ८ ज ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको बाँके प्रहरीले जनाएको छ। घटना शनिबार दिउँसो करिब पौने २ बजे भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं २ को जिरो पोइन्ट नजिकै ट्रकले एम्बुलेन्सलाई ठक्कर दिएको हो।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ दहगाउँ निवासी २८ वर्षीय चित्रबहादुर सुनार (चालक) र दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्का रमालती खड्काका तीन दिनको छोराको मृत्यु भएको हो।दुर्घटनाबाट तीन दिनकी सुत्केरी र उनका पति गम्भीर घाइते भएका छन्।मालतीको बाँके कोहलपुरस्थित मेडिकल कलेजको उपचारपछि थप उपचारको लागि उनलाई बुटवल रिफर गरिएको प्रहरी जनाएको छ।

ठेकेदारलाई विरोधको नयाँ शैली : समयमा काम नगरे पशुको तस्वीर

भक्तपुर- पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक ६ वर्षसम्म निर्माण सम्पन्न नभएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । धुलोधुवाँ, हिलो र खाल्टाखुल्टीका कारण जनजीवन प्रभावित बनेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षमा पनि नबनेपछि स्थानीयवासीले समयमा काम नगर्ने ठेकेदार पशुसरह भएको भन्दै ठेकेदार शारदा अधिकारीको फोटोसँगै बाँदर र कुकुरको फोटो राखी विरोध गरेका हुन् ।

शैलुङ कन्ट्रक्सनले लामो समयदेखि नगरकोटको मुख्य सडक अलपत्र पार्दा स्थानीयवासीलाई ठूलो मर्का परेको भन्दै उनीहरूले यो सडक भएर गुड्ने सार्वजनिक यातायातका साधनमा ठेकेदार शारदा अधिकारीको फोटोसँगै बाँदर र कुकुरलगायत जनावरको फोटो टाँस गर्दै विरोध नयाँ थालनी शुरु गरेका छन् ।

सडक निर्माणका लागि पटकपटक अनुरोध गर्दा पनि नेकपाका अध्यक्ष प्रचण्डका घरबेटीसमेत रहेका ठेकेदार शारदा अधिकारीले अटेर गरेको भन्दै स्थानीयवासी एवं पर्यटन व्यवसायीले विरोधको नयाँ तरिका अपनाएको स्थानीयवासी धनबहादुर लामाले बताए ।

उनका अनुसार पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक विस्तारका लागि तीनपल्ट म्याद थप भयो । तर, कामको गतिमा खासै सुधार छैन । नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीले घाम लाग्दा धुलो र पानी परे हिलाम्य सडकका कारण सास्ती बेहोर्दै आएका छन् ।

विस्तारको नाममा नगरकोटको मुख्य सडक अलपत्र छोडिदिँदा नगरकोट आउने पर्यटकले दुःख पाउनुका साथै पर्यटन व्यवसाय धराशायी बनेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । ‘नगरकोटको सडक विस्तारको नाममा थप दुर्घटनाको जोखिम बढाएको छ । कालोपत्रेसमेत उक्किएर खाडल बनेको छ’, उनले भने ।

यस्तै, अर्का स्थानीयवासी कुमार लामाले भने, ‘हामीले पटकपटक ठेकेदार भेट्न कोसिस गर्यौ, उनलाई समयमा काम सम्पन्न गर्न विभिन्न निकायबाट ताकेता पनि गर्यौं तर ठेकेदारले स्थानीयवासीको मर्मलाई बुझेनन् ।’ कसैको मर्म नबुझनु भनेको पशु सरह नै हो भनी मंगलबारदेखि सवारी साधन एवं सार्वजनिक स्थलमा उनको फोटो र पशुको फोटो सँगै टाँसी विरोध थालेको उनले बताए ।

पहिलो दिन स्थानीयवासीले एक सय गाडीमा र विभिन्न चोकमा विरोधस्वरूप ठेकेदारको फोटोसँगै पशुको फोटो टाँस गरेका हुन् । कसैलाई असर नगर्ने पर्ने गरी आफूहरूले नयाँ शैलीमा विरोध गरेको उनले बताएको राजधानी दैनिकमा खबर छ ।

बाटो एवं सवारी साधन बन्द गर्दा पर्यटक एवं अन्यलाई असर पर्ने भएकाले आफूहरूले नयाँ शैलीमा विरोध गरेको नगरकोटका स्थानीयवासी बताउँछन् । एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको १७ किमि सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनले ६ वर्षमा पनि निर्माण अलपत्र बनाएपछि स्थानीयवासी आन्दोलित बनेका हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!