Friday, November 15, 2019
Home > समाचार > दुर्गेश थापाको नयाँ ग‌ीत…

दुर्गेश थापाको नयाँ ग‌ीत…

काठमाडौं / चर्चित गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीतको सुटिङ चितवनमा भइरहेको छ । महिलाहरुको महानपर्व हरितालिका तिजलाई लक्षित गरेर थापाले गाएको “बिच्च बिच्चमा” बोलको गीत सर्वाधिक हिट भएपछि, उनले तिहार कोसेली ” ह्याप्पी तिहार बोलको गीत बजारमा ल्याएका थिए ।

तर; गीतको सफलताले थापालाई खुशी भने दिएन गीत चलेसँगै विवादित बनेपछि प्रहरी परिसर सम्म दुख पाउनु पर्यो । अन्ततः माफी माग्दै गीतको विवादित अंशलाई काटेर पुन युट्युबमा राखेका छन् ।

अहिले दुर्गेश थापा नयाँ गीतमा धमाधम काम गरिरहेका छन् । हालैमात्र नयाँ गीतको छायांकन गर्न चितवन पुगेका थापाले सुटिङको फुटेजहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: