Sunday, December 8, 2019
Home > समाचार > खाना आएर अघि बढेको ५ मिनेटमा नै श्रीमती र छोरालाई सधैँका लागि गुमाउनुपर्यो

खाना आएर अघि बढेको ५ मिनेटमा नै श्रीमती र छोरालाई सधैँका लागि गुमाउनुपर्यो

काठमाडौं । दसैँदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कँदै गरेका दोलखा शैलुङ गाउँपालिका–३ जितबहादुर खड्काको साथमा अहिले छोरी मात्रै छन् ।

टाउकोमा ग’म्भीर चो’ट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो ,श्रीमती अँगालोमा लोलाइरहेकी थिइन् ।’ एक्कासी गड्ङग आवाज आयो । सुकुटेभन्दा केही किलोमिटर अघि सपरिवार रमाइलोसँग खाना आएर अघि बढेको ५ मिनेटमा नै खड्काले श्रीमती र छोरालाई सधैँका लागि गुमाउनुपर्यो । यो समाचार आजको राजधानी दैनिकमा दिनेश थापाले लेखेका छन् ।

यो पनि समाचार…
विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो ।

नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ ।

अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् । काठमाडौँ, पोखरा र सौराहा घुमघामसहित पछिल्लो समय पदयात्रामा चिनियाँ पर्यटकको रोजाइमा पर्न थालेको छ ।

चीनपछि करिब १३ हजार भारतीय पर्यटकले नेपाल घुमघाम गरेका छन् । यो समयमा भारतीय पर्यटकको मुख्य रोजाइ पोखरा र मुस्ताङ हुने गर्छ । भारतसहित सार्क क्षेत्रबाट २१ हजार सात सय पर्यटक यो अवधिमा नेपाल आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: