Tuesday, January 28, 2020
Home > भिडियो > राजतन्त्र नफर्किएसम्म मुलुकमा शान्ति नआउने बताउँछिन माता सविता… भिडियोमै हेर्नुहाेस्

राजतन्त्र नफर्किएसम्म मुलुकमा शान्ति नआउने बताउँछिन माता सविता… भिडियोमै हेर्नुहाेस्

झापा,उर्लाबारीको एक आश्रममा सहयोगका लागि आउनु भएकी माता सविता सरु शर्मा आचार्यले राजतन्त्र नफर्किएसम्म मुलुकमा शान्ति नआउने बताउनुभएको छ । उहाँले अहिलेको पहिलो आबश्यकता भनेकै शान्ति भएको र त्यो भनेको मुलुमा हिन्दू राष्ट्र र राजा नफर्किकन प्राप्त नहुने बताउनुभयो । देशर जनताको पक्षमा भविश्यवाणी गर्दै लाखौं नेपाली र नेपाली भाषिको मन जित्न सफल उहाँले यसअघि पनि धेरै राजनीतिकदलका उच्च पदस्थ व्यक्तिको भविश्यवाणी गरिसक्नु भएको छ ।

उहाँले मुलुक अब सेनाको हातमा जाने र नेपाली काँग्रेस हुँदै राजतन्त्र फर्किएपछि मात्रै स्थायी शान्ति प्राप्त गर्न सकिने बताउनुभयो । समृद्ध मुलुक सबैको सपना हो भन्दै समृद्ध मुलुक बनाउन राजतन्त्र अनिवार्य भएको बताउनुभयो । नेपालको भूमि भारतको भएको भन्दै भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरिरहँदा माता आचार्यले हाम्रो कालापानी लिम्पियाधुरा लिपुलेक नेपाली संम्पति भएको र हाम्रो राष्ट्रियता माथिको अतिक्रमण आक्रमण शैय छैन भन्नुभएको छ ।

राष्ट्रियताका विषयमा हामीहरु उठौ, बोलौ आवश्यक परे बलिदानि दिन तैयार हौ भन्दै उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ – ‘राणाहरुले जोगाएको सम्पति राजाहरुले आर्जेको मुलुक बचाऔँ , नत्र हामीहरु सडकमा हुनुपर्छ । जनाअदोलनहरु बढेर जानबाट जोगाऔँ जनताहरुलाई आन्दोलनमा‘ लानबाट जोगाऔँ र हाम्रो यो नेपाल सरकारले चाँडै सोचेर मुलुकमा जनताहरुमाथि सुख बाड्ने कर्म गरौँ नत्र देश झनैँ दुर्घटनामा जाँदैछ बेलामै सोचौ ।’

यसैबीच माता आचार्यले उर्लावारी सहित इटहरीमा रहेका अनाथ बालवालिकालाई सहयोग गर्दै मुलुकको समेत भविश्यवाणी गर्नुभएको छ ।
भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!