Wednesday, November 13, 2019
Home > समाचार > कात्तिक २४ गते पर्सि आइतबार सार्वजनिक बिदा

कात्तिक २४ गते पर्सि आइतबार सार्वजनिक बिदा

काठमाडौं। कात्तिक २४ गते आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले आइतबार पैगम्बर मोहम्मदको जन्मदिनको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर एक दिन बिदा दिनेगरी यसअघि नै आफ्नो विदा सम्बन्धी क्यालेण्डर बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: