Friday, November 15, 2019
Home > समाचार > कास्कीमा विद्या भट्टराईले देखाइन् यस्तो हर्कत, इमान्दार कार्यकर्ता नै आक्रोशित !

कास्कीमा विद्या भट्टराईले देखाइन् यस्तो हर्कत, इमान्दार कार्यकर्ता नै आक्रोशित !

पोखरा – मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि कास्कीमा आज बिहीवार उम्मेदवारी दर्ता गरिएको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तर्फबाट स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई उम्मेदवार बनेकी छन् ।विद्याले उम्मेदवारी दर्ताकै दिन देखाएको व्यवहारका कारण इमान्दार कार्यकर्ता आक्रोशित बनेका छन् । उम्मेदवारी दर्ताका क्रममा विद्याले टाईसुट लगाएका कार्यकर्ता आफ्नो पछाडि लगाउँदै झोका समेत बोक्न लगाएपछि इमान्दार कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

उम्मेदवार दर्ताकै दिन विद्याले रवाफ देखाएको कार्यकर्ताको बुझाइ छ । विद्याको झोला बोकेर पछाडि हिँडिरहेका कार्यकर्ताको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।पतिको निध’नपछि नेकपाबाट उम्मेदवार हुन पाउने अवसर पाएकी विद्याले यति चाँडै रवाफ देखाउनु खोज्नुले मतदाता समेत असन्तुष्ट हुने एक जना नेकपा कार्यकर्ताले बताएका छन् ।

मतदाता र कार्यकर्तालाई रिझाउँदै सामान्य शैलीमा प्रस्तुत हुनुपर्नेमा विद्यादे रवाफ देखाएको कार्यकर्ताको ठहर रहेको छ ।प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने एक मात्र क्षेत्र एक मात्र क्षेत्र कास्की– २ मा नेकपा र कांग्रेसका उम्मेदवारबीच नै मुख्य भिडन्ड हुने देखिएको छ ।तत्कालीन पर्यटन मन्त्री समेत रहेका कास्की– २ का सांसद रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि कास्कीमा उपनिर्वाचन हुन लागेको छ ।

नेकपाका तर्फबाट रवीन्द्रपत्नी विद्या भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् भने कांग्रेसका तर्फबाट खेमराज पौडेलले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।पौडेलले उम्मेदवारी दर्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंग निकाल्दै आफूले चुनाव जित्ने दाबी गरेका थिए ।

विद्याले मनोनयन दर्ताकै क्रममा सुटबुट लगाएर अर्कालाई झोला बोक्न लगाएर हिँडेको तस्बिर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा तस्वीरलाई लिएर आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: