Wednesday, November 13, 2019
Home > जीवनशैली > नासाद्वारा सम्मानित नेपाली वैज्ञानिक चेली रश्मी शाहलाई सम्मान स्वरुप शेयर गरौं

नासाद्वारा सम्मानित नेपाली वैज्ञानिक चेली रश्मी शाहलाई सम्मान स्वरुप शेयर गरौं

काठमाडौँ- काठमाडौँ डाक्टर रश्मि साह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् । नेपालको धनुषा जिल्लामा जन्मिएकी रश्मी हाल अमेरिकामा रहेकी छन् उनलाई नासाले अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडलबाट सम्मानित गरेको हो ।

सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि नासामा कार्यत शाह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिष्टका रूपमा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आबद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गर्ने गरिन्छ । तर राम्रो काम गरेका कारण शाह ले नासामा आबद्ध भएको ५ वर्षमै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: