Friday, November 15, 2019
Home > प्रवास > मलेसियामै भेटियो नेपालकै एपआरपी पासपोर्ट, लाखमै बेचबिखन!

मलेसियामै भेटियो नेपालकै एपआरपी पासपोर्ट, लाखमै बेचबिखन!

विदेशमा नक्कली नेपाली पासपोर्ट एमआरपी बन्ने गरेको तथ्य फेला परेको छ । मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली (एमआरपी) बारे राहदानी विभागले छानबिन गरेको छ । अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्, अध्यागमन विभागले भनेको छ । गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ। बुकका पृष्ठ उस्तै छन्। तर सिलाई नक्कली छ ।

रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन्। पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करीब १ लाख रुपैयाँ) तिरेर किनेको बयान दिएका छन्। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: