Wednesday, November 13, 2019
Home > भिडियो > गल्लीवाली रानू मंडलले एकाएक यस्तो गरेपछि आलोचित भइरहेकि छिन (भिडियो सहित)

गल्लीवाली रानू मंडलले एकाएक यस्तो गरेपछि आलोचित भइरहेकि छिन (भिडियो सहित)

पैसा माग्नका लागि रेल स्टेसनमा गीत गाउँदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि बलिउड गायिका बन्ने अवसर पाएकी रानू मंडलको एउटा भिडियोले मानिसहरूलाई आश्चर्यमा पारेको छ। भिडियोका कारण उनको सामाजिक संजालमा खुबै आलोचना भइरहेको छ। यहाँ सम्मकी उनका फ्यानहरूले समेत उनको आलोचना गरेका छन्। भिडियोमा एक प्रशंसक सेल्फी लिनका लागि उनलाई कोट्याएर बोलाउँछिन्।

तर रानू मंडलले ती प्रशंसकसँग आफूलाई त्यसरी छोएकोमा झक्किन्छिन् र सोध्धिन्,’यसको मतलब के हो?’ उनको यही हर्कत सामाजिक संजालमा आलोचित भएको हो। सामाजिक प्रयोगकर्ताहरूले रानूलाई आफ्ना पुराना दिनहरू सम्झिन भनेका छन्। ‘मलाई नछोऊ म सेलिब्रेटी हुः रानू मंडल। हामीले सेलिब्रेटी बनायौं र अब यिनको व्यवहार हेर’ एक प्रयोगकर्ताले व्यंग्य गरेका छन्।

‘यसलाई भन्छन् हावामा उडेको’, अर्का प्रयोगकर्ताको लेखेका छन्।
‘रानू ती मान्छेका लागि उदाहरण हुन, जो प्रसिद्धिको लायक छैनन। उनी भन्दैछिन की उनी सेलिब्रेटी हुन्, कसैले उनलाई बिउँझाउ र यो बताउ की मानिसहरूका कारण उनी सेलेब्रेटी बनेकी हुन्’, अर्का एक प्रयोगकर्ताले उनको व्यवहारप्रति असन्तुष्टि पोख्दै लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: