Wednesday, November 13, 2019
Home > मनोरञ्जन > श्रीमती सुनितासँगै बलिउड अभिनेता गोविन्दा नेपाल आउनुको यस्तो छ कारण !

श्रीमती सुनितासँगै बलिउड अभिनेता गोविन्दा नेपाल आउनुको यस्तो छ कारण !

काठमाडौं । बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् । बुधबार (भोलि)बाट सुरु हुने ‘स्वर्णिम चलचित्र महोत्सव’का लागि अभिनेता गोविन्दा श्रीमती सुनितासँगै नेपाल आइपुगेका हुन् । उनीहरुको साथ अभिनेत्री निरुता सिंह पनि नेपाल आइपुगेकी छन् । यहि कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुँदै गरेको ‘स्वर्णिम चलचित्र महोत्सब’लाई नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको हो ।

अहिले महोत्सवको तीब्र तयारी भइरहेको आयोजकले जानकारी गराएको छ । मंगलबार नेपाल आइपुगेका अभिनेता गोविन्दाले मिडियाकर्मीहरुसँग कुराकानी गर्दै नेपालबाट पाएको मायाप्रति आभार प्रकट गर्दै सदैव माया गरिरहन आग्रह गरेका छन् । यसका साथै उनले आफ्नो नेपाली फ्यानहरुलाई धन्यबाद पनि दिएका छन् ।

यो पनि पढ्नुसः सहमतिको राजनीतिलाई बिथोल्ने प्रयत्न : काङ्ग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयता कार्यान्वयनका क्रममा संस्थापक रहेका प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय पदाधिकारीको आज बसेको बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक भनेको छ । सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनुपर्नेमा सङ्घीयता कार्यान्वयनसम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रका रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरीत समेत रहेको बैठकले ठहर गरेको छ”, विज्ञप्तिमा उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: