Friday, November 15, 2019
Home > मनोरञ्जन > गल्लीबाट रातारात उठेकि रानु मण्डलले फ्यानले सेल्फी लिन खोज्दा भड्किदै भनिन् “मलाई नछोऊ, म सेलिब्रेटी बनिसकेँ”

गल्लीबाट रातारात उठेकि रानु मण्डलले फ्यानले सेल्फी लिन खोज्दा भड्किदै भनिन् “मलाई नछोऊ, म सेलिब्रेटी बनिसकेँ”

नयाँ दिल्ली, १९ कात्तिक । रानु मण्डल, जसको नाम नसुन्ने मान्छे पछिल्लो समय सायदै होलान् । पश्चिम बंगालको राणाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा चलाउने रानु मण्डललाई रातारात सेलिब्रेटी बनाउने काम गरे गायक हिमेश रेशमियाले ।

रेल्वे स्टेसन अगाडी रानुले लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाएको भिडियो सार्वजनिक भएपछि उनको बारेमा सोधिखोजि भयो । उनको बारेमा यसरि बुझ्ने क्रममा उनको आर्थिक अवस्था कम्जोर र कहालीलाग्दो सङ्घर्षको कथा बाहिरियो । तर उनमा भएको गीत गाउने प्रतिभाका कारण धेरैले रानुप्रति सहानुभूति देखाए र गायक हिमेशले उनीसंग युगल गीत नै गाए । त्यसपछि उनि रातारात सेलिब्रेटीकै दर्जामा दरिए ।

तर दुखको कुरा यसरी उनको चर्चा चलिरहँदा हालै रानुको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोले धेरैलाई चकित बनाइदिएको छ । हालै रानु मण्डल सुपर मार्केटमा सपिङ गर्न पुगिन् । त्यही सिलसिलामा रानुका फ्यानले उनलाई छुँदै बोलाए र सेल्फी खिच्न भने । त्यही बेला रानु मण्डल भड्किइन् । भिडियोमा रानु मण्डल आफ्ना फ्यानप्रति निराश भएको देख्न सकिन्छ ।

भिडियोमा रानु मण्डलले ‘मलाई नछोऊ, म सेलिब्रेटी भइसकेँ’ भनेको बताइएको छ । इन्टरनेटमा भाइरल भइरहेको यो भिडियोबारे दर्शकले अनेक टिकाटिप्पणी गरेका छन् ।

साभार गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: