Wednesday, November 13, 2019
Home > अपराध > माछा तारिरहेको तेलमा पत्नीलाई डुबाएर श्रीमान् फरार, पत्नी आशाको अवस्था गम्भीर

माछा तारिरहेको तेलमा पत्नीलाई डुबाएर श्रीमान् फरार, पत्नी आशाको अवस्था गम्भीर

दुधौली- सिन्धुलीमा पत्नीलाई माछा तारिरहेको तेलमा डुबाएर श्रीमान् फरार भएका छन् । मुसरले ३२ वर्षीया श्रीमती आशा सदा मुसरलाई माछा तारिरहेको तेलमा डुबाएर फरार भएको बताइएको छ ।आशाका दुवै आँखा हेर्न नमिल्ने भएको र अहिले उनको अबस्था गम्भरु भएको बताइएको छ । उनको अनुहार, घाँटी र शरीरमा फोका उठेको बताइउको छ । गम्भीर घाइते भएकी आशालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

घटना घटिसकेपछि गम्भीर घाइते भएकि आशालाई जिल्ला अस्पताल लगिएपनि उपचार हुन नसकने भन्दै त्यहाँबाट राजधानी रिफर गरिएको छ । उनका एक वर्षका जुम्ल्याहा बच्चा भएको बताइएको छ ।

यो पनि पढ्नुस्ः नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ ।

चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ । नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ । आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो ।

संवत् २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने १२३ वटा भाषामध्ये चीन–तिब्बती परिवारका ६८, भारोपेली परिवारका ४८, आग्नेली परिवारको एउटा (सन्थाली भाषा), द्रविड परिवारको एउटा (उराँव र कुडुख भाषा) र भाषिक परिवार नखुलेको कुसुन्डा भाषा अस्तित्वमा थिए ।

आयोगका अध्यक्ष अवस्थीले भन्नुभयो, “नेपालको संविधानले सङ्कल्प गरेअनुसारको काम गर्ने तौरतरिका मिलेको छैन, संविधानको अग्रगामी सोचअनुसार त्यसको पूर्ण पालना भएको छैन । ” आयोगले देशका सातवटा प्रदेशमा बोलिने भाषाको विज्ञ समूहमार्फत सूक्ष्म अध्ययन गरिरहेको छ । आयोगले तयार गर्ने अन्तिम प्रतिवेदनमा कुन प्रदेशमा कुन कुन भाषाको सम्भाव्यता छ भनी प्रतिवेदन दिने तयारी आयोगको छ । आयोगको कार्य अवधि अझै दुई वर्ष छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: