Wednesday, November 13, 2019
Home > प्रवास > मलेसियामा नेपाली कामदारसहितका ३० जना यात्रु बोकेको बस पल्टिएपछि यस्तो अवस्था!

मलेसियामा नेपाली कामदारसहितका ३० जना यात्रु बोकेको बस पल्टिएपछि यस्तो अवस्था!

काठमाण्डौ । मलेसियामा नेपाली कामदारसहितका यात्रु बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी नेपालीसहित १४ जना कामदार घाइते भएका छन् ।

मलेसियाको तपाह भन्ने ठाउँमा सोमबार बिहान पाँच बजे भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको बताइएको छ । पेनाङबाट आएको बस गेन्टिङ हाइल्याण्डतर्फ जाने क्रममा डिभाइडरसँग ठोक्किएर दुर्घटना भएको मलेसियन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १९ देखि ४२ वर्ष उमेर समूहका कामदारहरु बसमा सवार थिए । उनीहरुले हिल रिसोर्टमा छुट्टि मनाउन भनेर बस बुक गरेका थिए । बसमा ३० जना यात्रुहरु थिए तर तिनीहरुमध्ये १४ जनालाई सामान्य चोटपटक लागेको र उपचारको लागि तपाह अस्पतालमा लगिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: