Friday, November 15, 2019
Home > जीवनशैली > सुकुटे दर्घटनाका हिरो सोनम तामाङ्ग यसो भन्छन्ः विभत्स घटनाले सुनकोसी रातै भएको थियो (सम्मान स्वरूप सेयर गराै)

सुकुटे दर्घटनाका हिरो सोनम तामाङ्ग यसो भन्छन्ः विभत्स घटनाले सुनकोसी रातै भएको थियो (सम्मान स्वरूप सेयर गराै)

यी हुन् सोनाम तामाङ्ग, जसले आज सुकुटेको सुनकोशीमा खसेको बसका यात्रुहरुको उद्धारका लागि तत्कालै -याफ्टिङ बोट लिएर दुई मिनेटमै घटनास्थल पुगे । जसका कारण आज डुवेको बसवाट धेरैलाई जीवितै उद्धार गर्न सम्भव भयो । धेरै यात्रुहरूको उद्दार गरेका सोनम तामाङ यतिबेला नेपाली सोसल मिडियामा हाइ हाइ भएका छन् । साधारण सेवकदेखि लिएर नेपाल सरकारले पदक  दिने बेलामा समझनु भनने सन्देश समेत प्रवाह गरिरहेका छन् ।

यता सोनम आफै घटनाको बारे यसो भन्छन् – म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ। खोला तिरै हेरेर टहलिँदै थिए। सडकबाट गाडी झ्याम्मै खोलामा खस्यो। ठूलो आवाज आयो। होटलबाट दुर्घटनास्थल २० मिटरको दुरीमा पर्छ। बस दुर्घटना भएको कन्फर्म हुन केहि समयनै लागेन।

तुरुन्त -याफ्टिङ बोट निकालेर म सहित ४ जना उद्दारको लागि खटियौं। घटनाको दुई मिनेट नपुग्दै घटनास्थल पुग्यौं। त्यहाँको दृष्य विभत्स थियो। सुनकोशी रातै भएको थियो। गाडी माथी फर्केर पल्टिएको थियो। १० जना जति उत्तानो परेको बसमाथी बसेर विलौना गरिरहेका थिए। नदीमा यात्रु बगिरहेका थिए।

पहिले गाडीको छतमा रहेकाहरुलाई उद्दार गर्यौं। कतिपयले गाडी भित्र आफन्त रहेको भन्दै बसबाट बाहिर आउन मानेन्। बलजफति उनीहरुलाई उद्दारा गर्यौं। गाडीले च्यापेका दुई शव म आफैले निकाले। गाडीको झ्यालबाट कसैले हात हल्लाईरहेको थियो। नजिक पुगेर मैले उसलाई ताने।

ती महिलाको काखमा बच्चा समेत थियो। उनीहरु दुवैलाई सकुसल सडकमा निकाल्यौं। त्यत्तिकैमा ५/६ वटा -र्याफ्टिङ बोट नदिमा आए। बगिरहेका यात्रु यात्रुसम्म पुगेर उद्दार गरियो।

थपअपडेट दिइरहने छौ,  कृपया समाचार पढिसकेपछि सोनम तामाङको सम्मानका लागि पनि कृपया सकेसम्म सेयर गरिदिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: