Wednesday, November 13, 2019
Home > स्वास्थ्य > यीनै हुन क्या’न्सर निको पार्ने नेपाली डाक्टर

यीनै हुन क्या’न्सर निको पार्ने नेपाली डाक्टर

२०५९ सालको एसएलसी परीक्षामा नेपाल प्रथम बनि राष्ट्रिय रुपमा छाएका विशाल ज्ञवालीको नाम यतिवेला अन्तराष्ट्रिय रुपमै चर्चित छ । कारण स् उनी अहिले क्यान्सर विज्ञको रुपमा विश्वमै छाएका छन् । मेडिकल अंकोलोजीमा पीएचडी गर्ने पहिलो नेपाली बनेका डा। ज्ञवाली सबैभन्दा कम उमेरमा क्यान्सर रोगको अनुसन्धान र प्रस्तुति दिन सफल विश्वकै युवा विज्ञको रुपमा दहरिएका छन् । नागोया युनिभर्सिटी जापानबाट मेडिकल अंकोलोजीमा पिएचडी सकेर भर्खरै नेपाल फर्केका डा। ज्ञवालीसंग नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले उनका सफलताका बारेमा कुराकानी गरेका थिए । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको संक्षेप उनकै शव्दमा ।

विद्यालय यात्रास् मेरो नर्सरी देखि एसएलसी त्रसम्मको अध्ययन बुटवलस्थित न्यु होराइजन स्कुलबाट भयो । त्यहि स्कुलबाट मैले विसं २०५९ सालको एसएलसी परीक्षामा सहभागी भई नेपाल प्रथम ९बोर्ड फस्ट० भएँ । त्यतिवेला मैले ९२।३८ प्रतिशत ल्याएको थिएँ । मलाई लाग्छ त्यो प्रतिशत त्यसअघि नेपाल प्रथम हुने दाई दिदीहरुले ल्याउनु भएको थिएन । र म भन्दा अघि बुटवल तिरबाट कोही पनि व्यक्ति एसएलसीमा नेपाल प्रथम भएको थिएन ।

कलेज यात्रास् एसएलसीमा नेपाल प्रथम भएपछि प्लस टूको अध्ययन गर्न म काठमाडौँ आएँ । बानेश्वरस्थित ह्वाइट हाउस कलेजमा भर्ना भएँ र त्यहिबाट प्लसटू सिध्याएँ । मैले प्लसटूमा बायोलोजी लिएको थिएँ । र यो पनि भनुँ म प्लस टू अध्ययन गर्दा कक्षा ११ मा पनि नेपाल प्रथम भएँ । त्यतिबेला प्लसटूमा ८९ प्रतिशत आएको थियो । मेडिकल शिक्षा यात्रा स् प्लस टू सकिनासाथ मेरो पहिलो लक्ष्य थियो चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०द्धारा लिइने एमबीबीएस प्रवेश परीक्षा । त्यो परीक्षा सुरुमै हुन्थ्यो । मलाई त्यो परीक्षा एकै पटकमा पास गर्नु थियो र छात्रबृत्तिमा एमबीबीएस पढ्नु थियो । भयो पनि त्यस्तै । मैले सोही बर्ष आइओएममा नाम निकालेँ । त्यो पनि पहिलो नम्बरमा । एसएलसी टपरले आइओएममा एकै पटकमा नाम निकाल्ने त्यो पनि पहिलो नम्बरमा यो पनि एक खालको रेकर्ड नै हो जस्तो लाग्छ । यस्तो संयोग म अघि कसैलाई जुरेको रहेनछ । यस अर्थमा पनि मैले आफूलाई गर्व गर्छु ।

यसरी गर्दथेँ मेडिकल इन्ट्रान्सको तयारी- एसएलसी देखि नै मैले डाक्टर बन्ने सोच पालेको थिएँ । त्यसैले कक्षा ११ – १२ पढ्दा देखि नै मैले इन्ट्रान्सको तयारी पनि संगसंगै लैजादै थिएँ । तर औपचारिक रुपमा कक्षा १२ को परीक्षा दिएपछि विसं २०६२ सालमा मैले पनि अरु साथीहरुले जस्तै तयारी कक्षाहरुमा भर्ना भएँ । त्यसबेला इन्ट्रान्स तयारी गर्दा एउटै इन्स्टिच्युटमा मात्रै सिमित भइन । केही विषय एउटा इन्स्टिच्युटमा अध्ययन गर्दथेँ । केही विषय अर्कोमा । तर जता गएपनि मैले पैसा तिर्नु परेन । बोर्ड फस्ट भएको फाइदा हो सायद । तर त्यसो भन्दैमा म धेरैवटामा गईन । नेम र अल्फाविटामा तयारी कक्षा सिध्याएको हुँ ।

जापानमा रहँदा खुब पेपर लेखियोस्- जापानमा अध्ययन गर्ने क्रममा पनि विभिन्न अनुसन्धानमुलक पेपर लेख्न थालेँ । सामान्य त पीएचडीको लागि एउटा राम्रो पेपर राम्रो प्रकाशित गरे हुने हो तर मैले ५० वटा बढी पेपर प्रकाशित गरेँ । मैले पिएचडी गरेको विषय मेडिकल अंकोलोजीमा सर्जरी र रेडियो थेरापी बाहेकले गरिने सबै उपचार पर्छ । अर्थात किमो थेरापी पर्छ र अर्को टार्गेटेड थेरापी अहिले इमिन्यो थेरापी भन्ने पनि आएको छ । अर्को प्यालेटिभ कियर भन्ने जो क्यान्सरको अन्तिम अवस्थामा पुगेको व्यक्तिमा हुने शारीरिक पिडा अर्थात दुखाई कम गर्ने उपचार विधि हो । यिनै विषयमा मेरो पिएचडी थियो ।

एमबीबीएस टप गरेँ-आइओएममा एकैपटकमा नाम निकाल्न नै पनि एकदमै गाह्रो मानिन्थ्यो । तर मैले त एकै पटकमा एकै नम्बरमा नाम निकाल्न सफल भएँ, यो इन्ट्रान्सको कुरा थियो । तर पछि मैले एबीबीएस पास गर्दा पनि महाराजगञ्ज क्याम्पस टप गरेँ । महाराजगञ्ज क्याम्पसबाट उत्रँदै गर्दा मैले ७ वटा गोल्डमेडल पाएको थिएँ । यसरी शुरु भयो क्यान्सर रोग विशेषज्ञ बन्ने यात्रा -क्यान्सर रोग विशेषज्ञ बन्ने सोच मलाई एमबीबीएस पढ्दा पढ्दै जागेको हो । एमबीबीएस पछि कुन विषयमा विशेषज्ञता हासिल गर्नेहोला रु भनि मनमा प्रश्न उठ्दा तत्कालै क्यान्सर रोग विशेषज्ञ भनेर आफ्नै मनलाई उत्तर दिएको थिएँ । किन रु कारण यस्तो थियो ।

मलाई त्यतिवेला के लाग्दथ्यो भने, क्यान्सर सबैभन्दा डरलाग्दो रोग हो । अहिलेसम्म यसको उपचार राम्रो छैन । क्यान्सर लागेपछि ढिलो चाँडो मृत्यु बाहेक अर्को विकल्प नै हुँदैन् । त्यसैले यो रोगको विषयमा केही गरौँ भन्ने लाग्दथ्यो । अर्कोकुरा मलाई ‘च्यालेन्जिङ’ विषय नै मन पर्छ । त्यतिवेला मेडिकल फिल्डमा क्यान्सर चाहि अरु रोग भन्दा ‘च्यालेन्जिङ’ हो जस्तो लाग्यो । दाया बाँया केही नसोची क्यान्सर रोग विशेषज्ञ बन्ने निधो गरेँ । तर अहिले सोच्दा खेरी त सबै विषय आ आफ्नो क्षेत्रमा उत्तिकै महत्वपूर्ण लाग्छ ।

जापानको यात्रास्-क्यान्सर रोग विशेषज्ञ बन्ने योजना बुनिरहेको थिएँ । ठिक त्यसैबेला मैले जापानबाट अंकोलोजी विषयमा अध्ययन गर्न छात्रबृत्ति पाएँ । जापान मलाई पहिल्यै देखि असाध्यै मनपर्ने देश । जापानीहरु निक्कै मिहनेती हुन्छन् भन्ने बुझेको थिएँ । किनकी दोश्रो विश्वयुद्ध पछि यति चाँडो फड्को मारे कि मेहनती नभई त्यो सम्भव हुने थिएन । यसैले पनि म जापानमा गएर सिक्न आतुर थिएँ ।

जापानमा पाँच बर्ष अध्ययन गर्दा मेरा ५० वटा विभिन्न अनुसन्धानमुलक पेपर प्रकाशित भयो । यसैले मलाई संसारभर डा विशाल ज्ञवाली भनेर चिनायो । नेपालमा बरु भर्खरै आएकोले अंकोलोजीको फिल्डमा धेरैले नचिन्लान तर बाहिरि विश्वको अंकोलोजीको फिल्डमा नामुद मानिएका अकोलोजिष्ट तथा रिसर्चरहरु प्रायले चिन्नुहुन्छ । त्यसको कारण चाहि मेरा पेपरहरु नै थिए ।

अर्कोकुरा क्यान्सर अध्ययन गर्नका लागि जापान एकदमै उपयुक्त मुलुक हो भन्ने मेरो विश्वास थियो र त्यो हो पनि । किनकी जापानमा क्यान्सर एकदमै ‘कमन’ छ र क्यान्सरको उपचार एकदमै राम्रो मानिन्छ । जापानीहरुको ‘लाइफ एक्सपेक्टेन्सी’ नै उच्छछ । क्यान्सर फेरी यस्तो रोग हो जति उमेर बढदै गयो हुने सम्भावना पनि उतिकै बढेर जान्छ । बढी उमेर बाच्ने भएकाले पनि धेरै जापानीहरु क्यान्सर रोगबाट पिडीत छन् ।

जापानमा कतिपय क्यान्सरको उपचार पद्धती नै पनि फरक छ र राम्रो पनि मानिन्छ । जस्तो पेटको क्यान्सरको उपचार गर्ने पद्धतीमा अमेरिकन पद्धती र जापानीज पद्धती भनिने गरिएको छ र जापानीज पद्धति अमेरिकन पद्धती भन्दा राम्रो मानिन्छ । राम्रो नराम्रो उपचार पद्धती छुट्याउन हामीले उपचार पछिको ‘क्यान्सर सर्भाइवल रेट’को विश्लेषण गर्छौँ । त्यसमा क्यान्सर लागेपछि ५ बर्षसम्म कति मान्छे बाँच्दछन् ? भन्ने विश्लेषण हुन्छ । र जापानमा त्यो सर्भाइभल रेट अति उच्च छ । म यी यावत कारणले जापान रोजेँ । सन् २०१२ को अक्टोबरमा गएँ । प्रसिद्ध नायोगा युनिभर्सिटीमा भर्ना भएँ । सन् २०१७ को सेम्टेम्बरमा मेडिकल अंकोलोजी विषयबाट पीएचडी सक्काएर नेपाल फर्किएँ ।

उमेरका हिसावले सबै आश्चर्य-म अहिले तीस बर्षको भएँ । अध्ययनकै क्रम र त्यसपछिको समयमा मैले भारत, अमेरिका, बेलायत, जापान, कोरिया, सिंगापुर, स्पेन, फ्रान्स, लग्जेम्बर, बेल्जियम, नेदरल्याण्ड, डेनमार्क, स्वीजरल्याण्ड लगायतका देशमा भएका क्यान्सर सम्मेलनमा सहभागी हुने मौका पाएँ । तर हरेक देशमा गएर पेपर प्रस्तुति गर्दै गर्दा उमेरको हिसावले अहिलेसम्म सबैभन्दा कान्छो म नै पर्ने गरेको छु ।

शुरु शुरुमा सम्मेलन तथा बैठकहरुमा सहभागी हुँदै गर्दा बरिष्ठ डाक्टर सिसर्चरहरुको प्राय दुईवटा प्रश्न औपचारिकर अनौपचारिक रुपबाट म माथि तेर्सिने गर्दथे । पहिलो, तिमी यो उमेरमै यस्तो पेपर लेख्ने रु दोस्रो तिमी नेपालकोे रु उहाँहरुले भन्नुहुन्थ्यो यस्तो पेपर लेख्ने मान्छे अलि पाको उमेरको होला भन्ने ठान्दथ्यौँ । अर्कोकुरा तिमी जापानको होला भनेका थियौँ । यस्तो प्रश्नले मलाई गौरवान्वित बनाउथ्यो । कि मैले सानो उमेरमा ठूलो काम गरेछु भन्ने अनि मैले आफ्नो देशको नाम पनि अन्तराष्टिय फोरम मार्फत चिनाउँदै रहेछु भन्ने ।

मैले जापानबाट पेपर लेख्ने हुनाले जापानै भन्ने ठान्नु हुँदो रहेछ । जब मैले आफू नेपाली भएको कुरा गर्दथेँ उहाँहरु अचम्म मान्नु हुन्थ्यो । क्यान्सर सम्मेलनमा बोलिने मेरा भिडियो धेरै हेरिएका मध्ये-मेरा रिसर्च पेपरहरुकै कारणले अन्तराष्ट्रिय फोरमहरुमा भाग लिन था । म त्यहाँ गएर बोलेका भिडियोहरु गुगलमा युट्युवमा सजिलै पाउन सकिन्छ । क्यान्सरका उपचारका बारेमा बोल्ने भनेको कुनै गितको भिडियो त होइनन् । तिनीहरु भाइरल हुने पनि भएनन् । तर पनि मेरा भिडियोहरु ३० ३५ हजार पटक हेरिएका छन् । जसले त्यो भिडियो सुट गर्नु भएको हुन्छ उहाँहरुले मलाई म्यासेज पठाउनुहुन्छ ।

अरुहरुको भिडियो ५० – ५५ पटक हेरिएको छ तर तपाईँको यति धेरैले हेरे भन्नुहुन्छ । यसले पनि मलाई गर्व लाग्छ । मेरा कुराहरु महत्वपूर्ण हुन भन्ने लाग्छ । मेडिकल जर्नलको सम्पादक तथा सल्लाकारस् अहिले म बेलायतबाट प्रकाशित हुने प्रसिद्ध बीएमजे भनिने ब्रिटिस मेडिकल जर्नल छ । त्यो जर्नलको सम्पादकको सल्लाहकारमा नियुक्त भएको छु । तपाईँलाई भनु संसारका कहलिएका मेडिकल जर्नलहरु तीन चारवटा मात्रै छ । त्यो मध्ये बीएमजे एक हो । त्यसमा छनौटमा पर्नु पनि निकै ठूलो कुरा हो । त्यो स्थानमा पुग्ने म पहिलो नेपाली हुँ जस्तो लाग्छ । यस्तै अमेरिकन सोसाइटि अफ क्लिनिकल अंकोलोजीले जर्नल अफ ग्लोबल अंकोलोजी भन्ने पत्रिका निकाल्छ । त्यसको पनि एडिटोरियल फेलोमा नियुक्त भएँ । क्यान्सर मेडिकल साइन्स भन्ने जर्नलको मेडिकल इडिटरमा पनि नियुक्त भएँ ।

अहिले पछिल्लो पटक बेल्जियमको एउटा नन प्रफिट अर्गनाइजेसन छ एन्टी क्यान्सर फण्ड भन्ने त्यसको मेडिकल कन्सलटयान्ट पनि छु । एउटा सामान्य नेपालीले मेडिकल फिल्डका यी उपलव्धी हासिल गर्नु ठूलो कुरा हो जस्तो मलाई लाग्छ । मलाई गर्व पनि यसैमा छ । यो स्थानसम्म आउँदा परिवारले खासै खर्च गर्नुपरेनस् मेरो यो स्थानसम्मको पढाईका लागि परिवारले खासै खर्च गर्नु परेन नै भन्दा हुन्छ । एसएलसी भन्दा अघि नै म स्कुलमा सधै प्रथम हुन्थे । त्यसले गर्दा स्कुलमा शुल्क तिर्नु पर्दैनथ्यो ।

स्कुल प्रथम ९होल फस्ट० भैसकेपछि त स्कुलले शुल्क मात्रै होइन किताव कापी समेत उपलव्ध गराइदिन्थ्यो । बार्षिक उत्सवका बेला कापी कलमहरु टन्नै आउथ्यो । त्यसैले कापी कलम किन्न परेन । तर मैले त्यसबेला पनि अतिरिक्त कितावहरु पढन रुचाउँथे । त्यतिवेला अतिरिक्त विषयका किताव तथा पत्रपत्रिकाहरुमा अलि अलि खर्च गरेँ होला ।

एसएलसीमा बोर्ड फस्ट भइसकेपछि प्लसटू पढन पनि पूर्ण छात्रबृत्ति भयो । त्यसमा पनि एक सुको खर्च गर्न परेन । त्यसपछि मेडिकल इन्ट्रान्स भयो त्यसमा पनि मलाई एक सुको खर्च गर्न परेन । आइओएममा नाम निकालि सकेपछि एकदमै थोरै फि तिर्नुपथ्र्यो तर त्यतिवेला मैले पढाउन थालेको थिएँ । किताव लेखिसकेको थिएँ । केही न्स्टिच्युटहरुमा मैले मेडिकल इन्ट्रान्स, इन्जिनियरिङ इन्ट्रान्स कोर्षहरु पढाउँथे । त्यसबाट तलव आउथ्यो । मैले लेखेका कितावबाट रोयल्टीसमेत आउथ्यो ।

त्यसैले मेडिकल पढाईको क्रममा पनि मैले घरबाट खर्च माग्न परेन । बरु आफै घरमा दिन सक्ने अवस्थामा पुगेको थिएँ । त्यसपछि जापानको पढाई त पूर्ण छात्रबृत्तिमै भयो । क्यान्सरमा मेरो बुझाईस्-क्यान्सरमा पहिले भन्दा अहिले धेरै प्रगति भएको छ । पहिले क्यान्सर भन्नासाथ डेथ पेनाल्टी जस्तो थियो । अहिले पनि केही क्यान्सरमा त्यस्तो छ । तर धेरै क्यान्सरमा हामीले निकै फड्को मारिसकेका छौँ । पेडियाट्रिक क्यान्सर ९बच्चाहरुको क्यान्सर०मा धेरै प्रगति भएको छ । तर मेरो विशेषज्ञता बच्चाहरुको क्यान्सर होइन । मेरो विशेषज्ञता बयस्कहरुको क्यान्सर हो ।

बयस्कहरुको कुरा गर्दा हामीले गर्वगर्न मिल्ने प्रगति ब्रेष्ट क्यान्सर९स्तन क्यान्सर०मा भएको छ । स्तन क्यान्सरमा चाही आज भन्दा पाँच बर्ष अघि र अहिलेको सर्भाइवल रेट हेर्ने हो भने अहिलेको रेटमा नितान्त फरक छ । नेपालले त्यो लाभ लिइसकेको छ छैन त्यो फरक कुरा हो तर ग्लोबल स्टान्डर्डमा एकदमै प्रगति भएको छ । यस्तै रिनल सेल क्यान्सर ९मिर्गौलाको क्यान्सर०पनि उल्लेख्य प्रगति भएको छ । यो क्यान्सरको आज भन्दा ८(१० बर्ष अघिसम्म एउटा मात्रै औषधि थियो । अहिले हामीसंग १५ वटा जति औँषधि छ ।

अर्को पुरुषहरुमा देखिने टेष्टिकुलर क्यान्सर ९अण्डकोषको क्यान्सर० आज भन्दा १० १२ बर्ष अघि डेथ पेनाल्टी जस्तै थियो । अर्थात यो क्यान्सर लागेपछि मानिसहरुको मृत्यु हुन्छ भन्ने ठानिन्थ्यो । अहिले यो क्यान्सरले ९९ प्रतिशत मानिस मर्दैनन् । पछिल्लो १०(१२ बर्षमा यति धेरै प्रगति भएको छ । तर अझै पनि खासै सुधार नभएका केही क्यान्सरहरु पनि छन् । गल व्लाडरको क्यान्सर भयो भने र यदि फैलिएको छ भने अहिले पनि विरामीहरु ६ महिना १ बर्ष भन्दा बढी बाँच्दैनन् ।

पेन्क्रियाटिक क्यान्सरमा पनि खासै केही सुधार गर्न सकिएको छैन् । अर्थात यि क्यान्सरहरु आज भन्दा दश बर्ष अघि जस्तो अवस्थामा थियो अहिले पनि त्यस्तै नै जस्तो छ । त्यसलै क्यान्सरको स्टेज र लोकेसन हेरेर गर्व गर्न मिल्ने ठाँउ पनि छ र गर्व गर्न नसकिने ठाँउ पनि छ । मैले के बुझे भने क्यान्सर भनेको ‘क्योर’ गर्न सकिने रोग चाहि होइन रहेछ । टाइफाइड जस्तो पहिले थियो अहिले छैन भन्ने होइन रहेछ बरु क्रोनिक डिजिज भनौ न मधुमेह जस्तो, क्यान्सर त छ तर त्यसलाई दवाएर राख्ने । अर्थात रोग लिएर लामो समय जिउन सकिने अवस्था तर्फ सोच्नु पर्छ जस्तो मलाई लाग्छ ।

विकशित र विकासोन्मुख मुलुकमा रोग उस्तै समस्या फरकस-यो मेरो आफ्नो ‘फिल्ड अफ एक्सपर्टीज’ पनि हो । मेरो रिसर्च ग्लोबल अंकोलोजी नै हो । लो एण्ड मिडिल इनकम कन्ट्री अर्थात गरीब मुलुकमा क्यान्सरको अवस्था अनुसन्धान र उपचार भन्ने विषय नै हो । अर्थात गरीब मुलुक र धनी मुलुकबीचको क्यान्सरको अवस्था तुलना । मलाई के लाग्छ भने गरीव मुलुकका लागि अहिलेसम्म क्यान्सर ‘पब्लिक हेल्थ इस्यु’ छँदै थिएन । किनकी अहिलेसम्म पनि हामी झाडा पखला टाइफाइडहरु जस्ता रोगलाई मुख्य समस्या मान्दै आएका थियौँ । तिनै रोगले मानिसको ज्यान पनि लिन्थ्यो । ती रोगमा नियन्त्रण गर्दै गयौँ र हाम्रो औषत आयू बढदै गयो । त्यसले गर्दा क्यान्सर लाग्ने सम्भावना पनि बढदै गयो ।

एक बर्षमा कति जनालाई क्यान्सर लाग्छ । क्यान्सर लागि सकेपछि पाँच बर्षसम्मको सभाइभल रेट कति छ । कुन क्यान्सर बढी छ भन्ने केही छैन । यसले समस्या बढेको हो । अहिले त विरामीले कस्तो उपचार पाउछन भन्ने कुनै मापदण्ड नै छैन । ठूलो आन्द्राको क्यान्सर छ भने तपाईँ कति बर्ष बाच्नु हुन्छ र तपाईँमा कुन उपचार विधि प्रयोग गरिएको छ भन्ने कुरा डाक्टरले निर्धारण गर्ने भयो । अर्थात तपाईँ जुन डाक्टरको जानुहुन्छ उसको उपचार गर्ने आफ्नै तरिका हुन्छ । किनकी यहाँ नेशनल गाइडलाइन नै छैन ।

अर्कोकुरा नेपालमा ठूला रोगहरुको सबै जसो उपचार पकेटको पैसाले गर्नुपर्छ । जापानमा तयो सिस्टम छैन । ३० प्रतिशत पटेकटबाट तिर्ने ७० प्रतिशत सरकारले बेहोर्छ । त्यो तिस प्रतिशत पनि अचाक्ली अर्थात मासिक ४० हजार बढी पर्न आयो भने तयो सबै सरकारले बेहोर्छ । त्यसैले विरामीले उपचार गर्दा घरबारी जान्छ कि भन्ने चिन्ता रहँदेन तर नेपालमा उपचार गर्दा डाक्टरले विरामीको सबै कुरा हेर्नुपर्ने बाध्यता छ । यो उपचार गर्दा ४ महिना बढी त बाँचीएला तर त्यसले घर खेत नै बेच्नुपर्ने अवस्था आउन सक्छ भन्ने अवस्था आयो भने के गर्ने रु आदि सोचेर काम गर्नुपर्ने अवस्था छ । जुन कुरा जापानमा उपचार गर्दा कहिल्यै सोच्नु नै परेन । कतिपय औषधिहरु तपाईँ चलाउन खोज्नुहुन्छ तर पाइदैन । देशमै छैन । यस्ता समस्याले नेपाल मात्रै होइन नेपाल जस्ता गरिब मुलुकहरु पिल्सिएका छन् ।

नेपालमा बस्नुहुन्छ कि ? मैले आफ्नै देशमा गर्ने भनेरै फर्केको हो । अहिले म सिभिल सर्भिस हस्पिटल नयाँ बानेश्वरमा आवद्ध भएको छु । हरेक सोमबार र बुधबार दिउसो २ देखि ५ बजेसम्म मेरो ओपिडी पनि चल्छ । म नेपालमै सेवा गर्न भनेरै जापानबाट फर्केको हुँ । यहाँ आएर मैले गर्न खोजेका कुरा धेरै छन् । जुन मैले सिकेको छु त्यो नेपालमा लागू गर्न चाहन्छु । हेरौँ त्यो कति सम्भव छ ।

जति उमेर बढदै जान्छ क्यान्सरको सम्भावना पनि बढदै जान्छ । अर्को कुरा हाम्रो जीवनशैली पनि बदलियो । क्यान्सर रिस्कमा नम्बर वान रिस्क भनेको स्मोकिङ हो । यो पछिल्लो पुस्ताहरुमा पनि बढदै गएको छ । एक्टीभ र प्यासिभ स्मोकिङ दुबै । १०(१५ बर्ष यताको तुलना गर्ने हो भने अल्कोहल खाने संख्या धेरै बढेको छ । अर्को हो मोटोपना, पहिले जति क्रियाशिल जीवन विताउत्थ्यौँ अहिले त्यस्तो छैन । हामीहरु धेरै जसको काम कम्प्युटरकै अगाडी बस्ने, घरमा पनि बसेरै टिभि हेर्ने बानी भयो । यसले शरीरको चाल ९मुभमेन्ट० कम भयो र अधिक मोटोपनाले सतायो । यसले क्यान्सरको जोखिम बढाउदै गयो ।

अर्कोकुरा हामी जस्तो मुलुकहरुहरु क्यान्सर जस्ता रोगहरुसंग जुध्न सक्ने तयारीमा नै थिएनन र अझै पनि भैसकेका छैनन् । क्यान्सरलाई कसरी नियन्त्रण लिने भन्ने अहिलेसम्म ठोस योजना पनि छैन । विकसित मुलुकहरुमा क्यान्सरसंग जुध्न योजना बनाएको हुन्छ । भारतले पनि अहिले त्यो गाइडलाइन बनाएको छ । तर हामीसंग अहिलेसम्म राम्रो रजिष्ट्री नै छैन । डाटा पनि छैन । त्यसैले एक बर्षमा कति क्यान्सर देखियो बढयो वा घट्यो भन्ने पनि एकीन भन्ने अवस्था छैन ।

मेरा कुराहरु प्यासेन्ट कियर, क्यान्सर रिसर्च र क्यान्सर एजुकेशन संग सम्वन्धीत छ । नयाँ पुस्तालाई सिकाउनुपर्ने कुराहरु । नयाँ पुस्तालाई त हामीले जस्तो सिकाए त्यस्तै सिक्नेहुन् । मैले सिकेका राम्राकुराहरु आउदै गरेका मेडिकल अंकोलोजिष्टहरुलाई सिकाउन पाइयो भने त्यसले फाइदा नै गर्छ । म त्यो चाहन्छु तर त्यसका लागि उचित बाताबरण बन्छ कि बन्दैन त्यो भविस्यकै गर्वमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: