Sunday, December 8, 2019
Home > समाचार > मेरो श्रीमान अरु भन्दा धेरै बुद्धिमान पाएकिछिन रोशनीले…

मेरो श्रीमान अरु भन्दा धेरै बुद्धिमान पाएकिछिन रोशनीले…

काठमाडौं। आफूमाथि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले यौ’न दु’र्व्य’वहार गरेको भन्दै प्रहरीमा मौखिक उजुरी दिँदै सार्वजनिक गरेकी संसद सचिवालयमा कार्यरत रोशनी शाहीले २४ घण्टा वित्न नपाउँदै आफूले महरामाथि त्यस्तो आ’रोप नलगाएको र मिडियाले धेरै उछालेको बताएकी छन् । शाहीको पछिल्लो अभिव्यक्तिले फेरी चर्चा पाइरहँदा उनले आफ्नो फेसबुक स्टाट्समार्फत आफूलाई मानसिक त’नाव र द’वाव नदिन प्रहरीलाई समेत आग्रह गरेकी छिन् ।

शाहीले महरा प्रकरण सम्बन्धमा बाहिर आएका कुरा र सञ्चारमा कुनै सत्यता नभएको दोहोर्याउँदै यस प्रकरणमा आफूलाई ज’बरज’स्ति फसाइएको उल्लखे गरेकी छन् । त्यस्तै सभामुख महराको राजनीतिक जीवन समाप्त पार्न यो ग्राइण्ड डिजाइन भएको र त्यसको सिकार आफू बनेकोमा आ’क्रो’श व्यक्त गर्दै उनले यसका लागि भण्डाफोर अभियान चलाउने बताएकी छन् ।

त्यस्तै आफ्नो डेरामा आइ आफूलाई र घरवेटीलाई थप मा’नसिक या’तना नदिनपनि शाहीले प्रहरी उच्च अधिकारीहरुलाई आग्रह गरेकी छन् । केही समयको अन्तरमा शाहीले फेसबुकमा पोस्ट गर्दै आफ्ना विभिन्न धारणाहरु सार्वजनिक गरेकी छन् ।

गएराति पोष्ट गरिएको फेसबुक स्टाट्समा उनले आफ्नो आन्तरिक मामिलामा चासो नदिन आग्रह गर्दै लेखेकी छन्–‘हामीबीचको कुरामा अरुलाई यति धेरै चासो किन ? काम छैन बुहारी पाडाको के जाति भने जस्तो । हैन मान्छे जात अर्काको खाल्डो खन्न सिपालु हुन्छन् पछि आफैँ तेहि खाल्डामा पर्छन् । जे–जे कमेन्ट गर्न मन लाग्छ गर हामीलाई तिमिहरुका झारपाते कमेन्ट हेर्ने फुर्सद पनि छैन ।’

‘अनावश्यक मिडियाबाजि गरेर काम छैन मेरो कुरा हो । मैले के गर्ने नगर्ने त्यो मेरो अधिकार हो । यसमा सत्यता छैन । मलाई जबरजस्ति फ’सा’ईएको छ महरा सरको राजनीति धरापमा पार्न तिनको भण्डाफोर अभियान चलाउनेछु ।’ – शाहीले फेसबुकमा भनेकी छन्–‘मेरो श्रीमान अरु जस्ता छैनन् अरु भन्दा धेरै बुद्धिमान छन् । जब हामीमा यो कुराले असर गर्दैन भने अरुले टाउको दु’खाउनुपर्ने आवश्यकता छैन । उजुरी किन परेन भनेर चि’न्ता गर्नु पर्दैन, हाम्रो बारेमा कसैले चि’न्ता नगर्दा हुन्छ । हामी आफै सल्लाहले जे हुन्छ तेही गर्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: