Saturday, February 22, 2020
Home > Uncategorized > भारतबाट यसरी गरियो पाँच नेपाली बालबालिकाको उद्धार

भारतबाट यसरी गरियो पाँच नेपाली बालबालिकाको उद्धार

राँझा, ७ असार । भारतको लखनउबाट पाँच नेपाली बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको छ । उत्तर प्रदेशको राजधानी लखनउस्थित विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई भारतीय प्रहरीले उद्धार गरी त्यहाँस्थित बालगृहमा राखेको थियो ।

शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्धार गरी नेपालगञ्ज ल्याइएको हो । उद्धार गरी नेपाल ल्याइएका सबै १६ वर्षमुनिका रहेको शक्ति समूह नेपालगञ्जका क्षेत्रीय अधिकृत निर्मला थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, राजयिक बालगृह र राजयिक बालिकागृहमा रहेका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको हो । बालकलाई सिविनको नेपालगञ्जस्थित बालगृहमा राखिएको छ भने बालिकालाई शक्ति समूहको आपत्कालीन आवासगृहमा राखिएको छ । अभिभावक सम्पर्कमा आएपछि जिम्मा लगाउने क्षेत्रीय अधिकृत थापाले जानकारी दिनुभयो । –रासस

Leave a Reply

error: Please Dont Copy My Content!! !!