Wednesday, November 13, 2019
Home > खेलकुद > मेस्सीले बार्सिलोनालाई भने –‘यी तीन खेलाडीलाई जसरी पनि क्लवमा ल्याउनू’

मेस्सीले बार्सिलोनालाई भने –‘यी तीन खेलाडीलाई जसरी पनि क्लवमा ल्याउनू’

काठमाडौं। च्याम्पियन्स लिगको सेमिफाइनलमा अप्रत्याशित हारपछि अहिले बार्सिलोना शोकमा छ । अझैसम्म शोकबाट बाहिर निस्किन नसकेको बार्सिलोनाले केही खेलाडीलाई क्लवबाट हटाउने र नयाँ खेलाडी भित्र्याउने योजना बनाइरहेको छ । केही समयअघि बार्साले ११ खेलाडी बेच्न लागेको खबर सार्वजनिक भएको थियो । यही बीचमा कप्तान लियोनेल मेस्सीले क्लवलाई बेच्ने र किन्ने तीन–तीन खेलाडीबारे सुझाव दिएका छन् ।

डेलीस्टारका अनुसार मेस्सीले इभान राकिटिक, फिलिप कोटिन्हो र सामुएल उम्टिटीलाई बेच्न सुझाव दिएका छन् । यी खेलाडीको प्रदर्शन राम्रो नभएकै कारण आफूहरुले हार व्यहोर्नुपरेको मेस्सीको ठहर छ । उनले यी खेलाडीलाई बेचेर अन्य तीन खेलाडी क्लवमा ल्याउन सुझाव दिएका छन् । यी खेलाडीलाई बेचेर झण्डै २०० मिलियन युरो प्राप्त हुने र त्यो रकम अन्य खेलाडी ल्याउन पर्याप्त हुने उनको अनुमान छ ।

ती खेलाडीलाई क्लवमा ल्याउन बार्साले पनि प्रयास गरिरहेको समाचारमा जनाइएको छ । मेस्सीले बार्सालाई एथ्लेटिको मड्रिडका फ्रेन्च स्टार एन्टोइन ग्रिजम्यानलाई पहिलो प्राथमिकतामा राखेर क्लवमा ल्याउन भनेका छन् । उनले ग्रिजम्यानसँगै अयाक्सका कप्तान म्याथिज डिलाइटलाई क्लवमा ल्याउन भनेका छन् । अयाक्सका अर्का स्टार फ्रेङ्की डि जोङलाई बार्सालय यसअघि नै ७५ मिलियन युरोमा अनुबन्ध गरिसकेको छ । मेस्सीले बार्सालाई बायर्न म्युनिखका जोसुआ किमिचलाई समेत अनुबन्ध गर्न सुझाव दिएको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: