Friday, November 15, 2019
Home > खेलकुद > बार्सिलोनाका कप्तान लिओनल मेस्सीले राखे नयाँ कीर्तिमान

बार्सिलोनाका कप्तान लिओनल मेस्सीले राखे नयाँ कीर्तिमान

एजेन्सी – बिश्वकै चर्चित खेलाडी लिओनल मेस्सीले लिग ला लिगामा नयाँ कीर्तिमान बनाएका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तान रहेका मेस्सीले बार्सिलोनाले लिग जितेपछि नयाँ कीर्तिमानी बनाएका हुन् ।बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेसँगै मेस्सी क्लबको इतिहासमा सर्वाधिक धेरै लिग जित्ने खेलाडी बनेका छन् ।

आइतबार बिहान भएको लिगको ३५ औंको खेलमा लेभान्टेमाथि बार्सिलोनाले सानदार जित निकाल्यो ।उक्त खेलमा बार्सिलोनाले लेभान्टेलाई १(० गोलले पराजित गरेको हो । बार्सिलोनाले २६औं पटक लिग उपाधि जित्दा मेस्सीले व्यक्तिगत १०औं पटक ला लिगा जितेका हुन् ।

अहिले सम्म बार्सिलोनाबाट खेलेका कुनै पनि खेलाडीले १० पटक ला लिगा जितेका थिएनन् ।बार्सिलोनाका पूर्वकप्तान आन्द्रेस इनिएस्टा ९ पटक ला लिगा जितेका थिए ।बार्सिलोनाका कप्तान रहेका मेस्सीले भने ३ सय ७७ खेलमा जित निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: