Friday, November 15, 2019
Home > खेलकुद > प्रशिक्षक जोसेले भनेः ‘मेस्सीलाई रोक्न त्यसै सकिँदैन, पिँजडा बनाउनु पर्छ’

प्रशिक्षक जोसेले भनेः ‘मेस्सीलाई रोक्न त्यसै सकिँदैन, पिँजडा बनाउनु पर्छ’

काठमाडौं । युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिनु र बार्सिलोना अन्तिम चारमा पुग्नुले सन् २०१९ को बालोन डी’ओरमा मेस्सीलाई फाइदा पुगेको प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् । उनी म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएपछि अहिले खाली छन् । क्रिष्टियानो रोनाल्डोको गोलको बाबजुद इटालियन क्लब युभेन्टस डच क्लब अजाक्ससँग पराजित हुँदै अन्तिम ८ बाटै बाहिरियो । तर मेस्सीको गोलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।

रुसी टेलिभिजनसँग जोसेले भनेका छन्, ‘मेस्सीको स्थान बुझ्न सहज छ, तर उनलाई नियन्त्रणमा राख्न पिँजडा बनाउनु सजिलो छैन ।’ उनले अघि भने, ‘जब मेस्सीसँग बल हुन्छ र अवस्था वान अन वान हुन्छ भने उनलाई रोक्न सकिँदैन । मेस्सीलाई रोक्नका लागि उनी वरिपरि पिँजडा बनाउनु पर्छ ।’

मेस्सीको यो सिजन निकै उत्कृष्ट रहेको र युभेन्टस तथा क्रिष्टियानो रोनाल्डो मैदानबाट बाहिरिएकाले अब बालोन डी’ओरले पर्खिरहेको छ भन्ने मेस्सीलाई थाहा रहेको जोसेले बताएका छन् । बार्सिलोना र अजाक्ससँग लिभरपुल र टोटनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: