Friday, November 15, 2019
Home > विचार > N & J Entertainment NY Inc. को कार्यक्रम हुँदै गर्दा सम्झनामा साहित्यकार एलेक्सः कमला प्रसाई

N & J Entertainment NY Inc. को कार्यक्रम हुँदै गर्दा सम्झनामा साहित्यकार एलेक्सः कमला प्रसाई

अमेरिकी लेखक स्व: एलेक्स गार्गिलिस(Alex Gargilis) जसलाई म N & J Entertainment NY Inc को कार्यक्रम हुँदै गर्दा सम्झने गर्दछु, उनीले The World is my Nation भन्ने किताबमा नेपाललाई विश्वकै सुन्दर देशको रुपमा बर्णन गरेका छन, उनको यो किताब पनि N & J Entertainment Inc बाट बिमोचन गरिएको थियो!स्व:एलेक्स नेपाललाई अति नै माया गर्ने ब्यक्ति थिए। उनी हुँदाका क्षणहरुसङ्ग दशैको सम्झना आउँछ, मैले पिताको रुपको आदर गर्ने गरेकी थिए।

हामीले आयोजना गरेको दुईबर्ष अघिको US- Nepal Children Talent Show मा उनी कार्यक्रमको सभापति थिए,विडम्बना त्यो नै उनको अन्तिम प्रोग्राम हुन गयो! मर्नु भन्दा दुईदिन अगाडि म उनीलाई भेट्न भनेर Elmhurst Hospital पुगेकी थिए, उनीले मलाई शिरमा हात राखेर आशीर्वाद दिएका थिए, आज N & J Entertainment inc का पानाहरु पल्टाउँदा फेरि उनलाई सम्झन मन लाग्यो, उनीसँग बिताएका पलहरुको सम्झना आयो।

अन्तिममा उनले लेखेका किताबहरु खोजी – खोजी पढ्न पाईयोस, नेपाल सरकारले पनि सम्मानका साथ उनलाई नेपाली मानर्थ नागरिकता दिएको थियो किनभने उनले नेपाललाई र नेपालीलाई धेरै गुण लगाएका थिए! मैले सुनेकी थिए- उनलाई नेपालमै मर्ने रहर थियो रे!

फेरि पनि सलाम छ स्व: एलेक्सलाई! फेरि पनि सलुट गर्दछु स्वर्गीय एलेक्सलाई! मिस्टर एलेक्सलाई !

अनि मलाई एलेक्ससङ्ग शुरुमा चिनाउने मेरा प्यारा भाई- बहिनी बिष्णुमान प्रधान र श्रुति अमात्यलाई पनि धेरै – धेरै नमन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: