Sunday, December 8, 2019
Home > स्वास्थ्य > पहिलो टि–२० : नेपालले जीतका लागि पायो १५४ रनको लक्ष्य (हेर्नुहोस् लाइभ भिडियो)

पहिलो टि–२० : नेपालले जीतका लागि पायो १५४ रनको लक्ष्य (हेर्नुहोस् लाइभ भिडियो)

काठमाडौं।युएइविरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले टस जितेर बलिङ रोजेको नेपालले जीतका लागि १५४ रनको लक्ष्य पाएको छ । युएइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेको हो ।युएइका लागि साइमान अनवरले ५९ रन बनाए । मात्रै ३८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । मुहम्मद उस्मानले ३०, सिपी रिजवानले २२, मोहम्मद बुटाले २० रन बनाए । बलिङमा नेपालका लागि सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २ विकेट लिए । सोमपाल कामीले १ र अविनाश बोहराले १ विकेट लिए ।

आज नेपालका लागि ३ खेलाडीले टि-२० अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यु गरेका छन् । मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडल र सन्दीप जोरासँगै तीव्र गतिका बलर अभिनाश बोहोराले डेब्यु गर्ने भएका हुन् ।पारस खड्काको कप्तानीना ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, बसन्त रेग्मी, सन्दिप जोरा र अविनाष बोहरा मैदानमा उत्रँदैछन् ।

आज दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुने उक्त खेलमा नेपालले जित हासिल गर्ने लक्ष्य राखेको छ । पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने १४५ रनको सानदार जित निकाल्दै सिरिज बराबरी गरेको थियो। सिरिजको तेस्रो खेलमा २५५ रनको कठिन लक्ष्य पाएको नेपालले सानदार खेल खेल्दै सिरिज नै जितेको थियो। आज पनि नेपाल खेल जित्दै ३ खेलको सिरिजमा अग्रता लिने उद्देश्यका साथ मैदानमा उत्रिँएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: